मे महिनामा झण्डै १५ सय विदेशी पर्यटक नेपाल भित्रिए

२ बर्ष अगाडि

काठमाडौं– निषेधाज्ञाकै बीच मे महिनामा मात्रै झण्डै १५ सयको हारहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) का अनुसार गत मे महिनामा मात्र हवाई मार्ग हुँदै विभिन्न मुलुकबाट अधिकतम १ हजार ४६८ जना विदेशीहरु नेपाल प्रवेश गरेका हुन् । 

जसमध्ये दक्षिण एशियाली मुलुकहरूबाट अधिकतम ६०२ जना नेपाल आएका छन् भने अन्य एसियन मुलुकहरूबाट ११३ जना, युरोपियन मुलुकहरूबाट २४२ जना र सामुन्द्रिक (ओसियन) मुलुकहरूबाट ८ जना विदेशीहरु नेपाल आएका छन् । 

यसबाहेक सो समयमा अन्य मुलुकहरूबाट २५४ जना आएको विमानस्थलको भनाई छ । सो समयमा सबैभन्दा बढी भारतबाट ५८० जना आएको विमानस्थलले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया