हुण्डाईको गाडीको मूल्य १८ लाखले सस्तियो, कुनको कति मूल्य ?

२ बर्ष अगाडि

सरकारले विद्युतीय गाडीमा लाग्दै आएको अन्तशुल्क खारेज भएपछि विद्युतीय गाडी अप्रत्याशित सस्तो भएको छ । विद्युतीय सवारी साधन बिक्रेताले नयाँ मूल्यसूची सार्वजनिक गर्दै जेठ १४ गतेको तुलनामा गाडी ब्यापक सस्तो भएको जनाएका छन् ।

हुण्डाई, एमजी र कियाले आफ्ना विद्युतीय गाडीको नयाँ मूल्य सूची सार्वजनिक गरेका छन् । हुण्डाई र एमजीको गाडी सस्तो हुँदा कियाको निरो ब्राण्डको कार भने ३ लाख महँगिएको छ । 

कुन गाडीको मूल्य कति ? 

हुण्डाईको गाडी १८ लाख सस्तियो

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेटले विद्युतीय सवारी साधनमा लाग्दै आएको करका दर समायोजन गरेसँगै विद्युतीय कार बिक्रेता कम्पनी लक्ष्मी हुण्डाई सबैभन्दा पहिला नयाँ मूल्य सार्वजनिक गर्ने कम्पनी बनेको छ । लक्ष्मी हुण्डाईले जेठ १४ गतेको तुलनामा एउटा गाडीमा १८ लाख रुपैयाँ मूल्य घटाएको छ ।

हुण्डाईले बिक्रि गर्दै आएको विद्युतीय कार ‘कोना’ ७४ लाख ९६ हजारबाट घटेर ५६ लाख ९६ हजारमा उपलब्ध हुने भएको छ । हुण्डाईकै अर्को इलेक्ट्रिक ब्राण्ड क्ष्इल्क्ष्त्त को मूल्य पनि ७५ लाख ९६ हजारबाट घटेर ५७ लाख ९६ हजारमा आईपुगेको छ । यी दुबै ब्राण्डको मूल्य १८ लाख रुपैयाँले घटेको हो । क्रसओभर एसयूभी कोना ईभी १५० किलोवाटको मूल्य भने ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

डा। युवराज खतिवडा अर्थमन्त्री हुँदा अन्तशुल्क बढ्दा यी गाडीको मूल्य १ करोड नाघेको थियो । 

एमजीको एसयूभी इजेडएस ९ लाख सस्तो

एमजीको चर्चित ब्राण्ड हो एसयूभी इजेडएस । कम्पनीले इजेडएसको मूल्य ५९ लाख ९९ हजारबाट ५० लाख ९९ हजारमा झारेको छ । 

आर्थिक वर्ष २०७६र०७७ मा ४९ लाख ९९ हजार मूल्य रहेको यो गाडीको भाउ चालु आर्थिक वर्ष २०७७र०७८ भने ५९ लाख ९९ थियो । तर, जेठ १५ गतेको बजेट भाषणले करका दर समायोजन गरेसँगै ९ लाख रुपैयाँ सस्तो भएको हो ।

याृ गाडीमा पहिले १० प्रतिशत भन्सार लाग्दै आएकोमा जेठ १६ गतेबाटै भन्सार दर भने बढेर १५ प्रतिशत पुगेको छ । तर, अन्तशुल्कमा भारी छुट पाएको हुनाले गाडी सस्तो भएको हो ।

कियाको निरो ब्राण्ड ३ लाख महँगियो

कियाको निरो ब्राण्डको गाडी भने ३ लाख रुपैयाँ महँगिएको छ । कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा गाडीको मूल्य ३ लाख रुपैयाँ बढाएको हो । यसअघि ६६ लाख ९० हजार रुपैयाँ रहेको निरो कारको मूल्य अब ६९ लाख ९० पर्ने भएको छ । 

बजेटले भन्सारको दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएका कारण गाडी ३ लाख रुपैयाँ महँगो भएको कम्पनीको दाबी छ । 

के छ बजेटले गरेको व्यवस्था ? 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत १ सय किलोवाट क्षमताको मोटर जडान भएका विद्युतीय कारमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ । १०१ देखि २ सय किलोवाट सम्मको मोटर जडित कारमा १५ प्रतिशत, २०१ देखि ३ सय किलोवाट सम्मका कारमा ३० प्रतिशत र ३०१ किलोवाटभन्दा माथिका कारमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ । 

विद्युतीय सवारीमा लाग्दै आएको अन्तःशुल्क खारेज भएको छ । बजेट साउन १ देखि लागू हुने भएपनि बजेटले व्यवस्था गरेको कर तथा राजश्वको दर भने जेठ १६ बाटै लागू हुने भएकाले विद्युतीय सवारीका बिक्रताले नयाँ मूल्य सार्वजनिक गरेका छन् ।–बिजपाटी 

२ बर्ष अगाडि

प्रतिक्रिया