बिवाइडी इ–६ कारको मूल्य १६ लाखले घट्यो, कति छ नयाँ मूल्य ?

२ बर्ष अगाडि

बिवाइडीले इलेक्ट्रीक कारको मुल्य घटेको छ ।  इ–६ कारको मुल्य १६ लाखले घटेको हो । ६६ लाख रुपैयाँमा विक्री हुँदै आएको इ–६ कार अब ५० लाखमा पाइने छ ।  

बिवाइडी इ–६ मा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ८० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री जडान गरिएको छ । 

यो सँगै कम्पनीले ७ सिट क्षमताको एम–३ को मूल्य २ लाखले घटाउँदै ४६ लाख, ५ सिट क्षमताको एम–३ को मूल्य ४३ लाख र २ सिट क्षमताको टी–३को मूल्य ९ लाख घटाउँदै ३८ लाख रुपैयाँ तोकेको छ । 

गत वर्ष भन्सार र अन्तशुल्क बढेपछि नयाँ मूल्य नै तोक्न नसकेको बिवाइडीको आधिकारीक विक्रेता साइमेक्स इङ्कले यसपटक भने बजेट सार्वजनिक भएको केही दिनमै नयाँ मूल्य निकालेको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया