काठमाडौं, भारतीय अभिनेत्री जुही चावलाले फाइभ(जी नेटवर्कविरुद्ध दिएको निवेदन खारेज भएको छ ।
चावलाले दिल्ली उच्च अदालतमा फाइभ(जी नेटवर्कले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै चुहीसहित ३ जनाले झण्डै ५ हजार पृष्ठ लामो निवेदन दिएका थिए।
अदालतले यो निवेदनलाई खारेज गर्दै निवेदनकर्ताहरुले न्यायिक प्रक्रियामा दखल पुर्याएको भन्दै उल्टै भारतीय २० लाख अर्थात् ३२ लाख रुपैयाँ जरिवाना लगाएको छ।
अदालतले आफ्नो आदेशमा यो निवेदन आफ्नो प्रचारप्रसारका लागि प्रेरित भएको आरोपसमेत लगाएको छ। अदालतमा यस निवेदनमाथि सुनुवाइ चलिरहँदा अभिनेत्री चावलाले सुनुवाइको लिंक अनलाइनमा सेयर गरेको आरोप छ।
अदालतले सुनुवाइलाई सामाजिक सञ्जालमा सेयर गर्ने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन दिल्ली पुलिसलाईसमेत आदेश दिएको छ।
प्रतिक्रिया