निषेधाज्ञामा मौलाएको जुवा : ४० दिनमा काठमाडौंबाट मात्रै ७७ जुवाडे पक्राउ, अस्पतालको कार्ड प्रयोग

२ बर्ष अगाडि

कोभिड महामारीका कारण देशका अधिकांश भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको अवधिमा काठमाडौंभित्र जुवा मौलाएको छ । केही साताको अन्तरमा काठमाडौंका केही जुवाखालमा गरेको प्रहरीको छापाले त्यसलाई पुष्टि गरेको छ । 

प्रहरीका अनुसार निषेधाज्ञाको करिब ४० दिनमा काठमाडौंबाट मात्रै ७७ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांश व्यापारी छन् । उनीहरूविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ । यस अवधिमा जुवासँग सम्बन्धित आठवटा मुद्दा प्रहरीले दर्ता गरेको छ ।

मंगलबार बुढानीलकण्ठ–१० ज्योतिनगरस्थित दीपा कार्कीको घरबाट धादिङ धुनीबेँसी–२ का ३३ वर्षीय सुरेन्द्र खकुरेलको नेतृत्वमा जुवा चलिरहेको आवस्थामा ७६ हजार एक सय २० रुपैयाँ र तास प्रहरीले बरामद गरेको छ । साथै पाँच जनालाई पक्राउ गरेको छ ।

जुवा भइरहेको सूचना पाएपछि प्रहरीले २४ जेठमा गोंगबुचोकस्थित फ्रिदा जोशीको कोठाबाट कलंकीकी ४५ वर्षीया रसिता जोशीले १० जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई लाख १५ हजार पाँच सय बरामद गरेको छ । 

न्युरोडस्थित अजय श्रेष्ठको कोठाबाट गत २२ जेठमा प्रहरीले तस खेलिरहेको अवस्थमा १५ जना पक्राउ गरेको छ । जुवाखालबाट प्रहरीले १३ लाख ४३ हजार रुपैयाँ बरामद गरेको छ । खालका नाइके कागेश्वरी मनोहरा–८ का ४९ वर्षीय विनोद कार्की थिए ।

साथै गत २८ बैसाखमा काठमाडौंको बत्तीपोखरीस्थित फेवा दर्शन होटेलबाट पनि प्रहरीले १० लाख ९७ हजार रुपैयाँ बरामद गरेको थियो । त्यस्तै जुवा खेल्न प्रयोग हुने क्वाइन र तीसवटा तासका बण्डल पनि फेला पारेका थिए  । त्यहाँबाट प्रहरीले २५ जना पक्राउ गरेको छ । 

अस्पतालको कार्ड प्रयोग गरी जुवा 
जुवाडेले अस्पताल र हेल्थ क्लबको परिचयपत्र प्रयोग गरेको घटनाबाट पुष्टि भएको छ । प्रहरीका अनुसार जुवा खालमा पक्राउ परेकाबाट अस्पताल, हेल्थ क्लब, हेल्थ पोस्ट, हेल्थ क्लिनिक मात्र नभई सहकारीको समेत कार्ड बरामद भएका छन् । 

त्यसबाहेक मेडिकल सामग्री सप्लायर्सको कार्ड पनि बरामद भएका छन् । पक्राउ परेकामध्ये जग्गा कारोबारी र व्यापारी नै धेरै भएको प्रहरीले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया