७ लाख  माथि मुल्य रहेकाे  होण्डाको 'CB 350 DLX' नेपाली बजारमा, यस्ता छन् विशेषता

२ बर्ष अगाडि


होण्डाको CB 350 DLX  नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले बाइकलाई नेपाली बजारमा सार्वजनिक गरेकाे हो । 

यस CB 350 DLX  ले नेपाली बाइक पारखीको मन जित्नेमा विश्वस्त रहेको कम्पनिका अध्यक्ष सौरभ ज्योतिले बताएका छन् । ३५० सिसिको इन्जिन रहेको यो बाइकमा मोर्डन फिचरहरु छन् । 

यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ । 

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच्  डिजिटल मिटर, लामो सिट जस्ता यस बाइकका विशेषताहरु हुन् । 

नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजार तोकिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया