पाथीभरा जाने बाटो कालोपत्रे, ९५ करोडको ठेक्का

२ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको सुकेटार देखि पाथीभरा क्षेत्रको काफ्ले पाटी सम्म कालोपत्रे हुने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कालोपत्रे गर्ने ठेक्का निकालेर पछि कालोपत्रे गर्ने निश्चित भएको हो ।

मन्त्रालयले पाथीभरा क्षेत्रको लागि ९५ करोडको ठेक्का निकालेको हो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको घर सुकेपोखरी छातेढुगा, ईवा, ह्वाकु, चोकपुर हुँदै जननेता मदन भण्डारीको जन्म घरसम्म जोड्ने सडक खण्ड कालो पत्रे गर्नका लागि ७० करोडको करोडको ठेक्का आह्वान भएको छ ।

यता  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत पर्यटन विभागमार्फत पाथिभरा क्षेत्रमा पाथीभरा क्षेत्रमा सतहल निर्माणको लागी दुई करोड तेतिस लाखको टेण्डर स्वीकृत भइ ठेक्का सम्झौता गर्ने भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया