साउदीले थप्योे विदेशी श्रमिकको भिसा अवधि, जुलाई ३१ सम्म निशुल्क

२ बर्ष अगाडि

काठमाडौं - साउदीले श्रमिकको भिसाको अवधि बढाउने भएको छ । कोरोना महामारीको कारण उडानहरू बन्द हुँदा आउजाउ गर्न नपाएका विदेशी श्रमिकको भिसाको अवधि बढाइदिने भएको हो । 

उडानहरू बन्द हुँदा साउदी फर्कन नपाएका र साउदीबाट स्वदेश फर्कन नपाएका श्रमिकको समस्यालाई सम्बोधन गर्न भिसाको अवधि जुलाई ३१ सम्म बढाउने साउदीले जनाएको छ । 

विदेशी कामदार जो उडान प्रतिबन्धका कारण साउदी जान पाएका छैनन् उनीहरूको अकामा र आवागमनको भिसा अवधि स्वतः बढ्ने छ । 

यसरी भिसाको अवधि थपिँदा कुनै पनि शुल्क लाग्ने छैन ।साउदीले कोरोना महामारीको कारण उडानहरू बन्द हुँदा स्वदेश फर्कन नपाएका विदेशी नागरिकको पनि बसोबासको अनुमति र एक्जिट भिसाको अवधि स्वतः जुलाई ३१ सम्म बढाउने जनाएको छ ।

योसँगै भिजिट भिसाको अवधि सकिएका विदेशी नागरिकको पनि जलाई ३१ सम्म नै भिसाको अवधि थपिनेछ । कोरोना महामारीको कारण उडानहरू बन्द भएका देशका नागरिकहरुको हकमा मात्र यो नियम लागू हुनेछ । 

२ बर्ष अगाडि

प्रतिक्रिया