सिंगापुर र दक्षिण कोरियाबिच हवाई यात्रा खोल्ने तयारी

२ बर्ष अगाडि

काठमाडौंं - दक्षिण कोरिया र सिंगापुरका अधिकारीहरुबीच आगामी जुलाईदेखि हवाई सेवा थालनी गर्ने बारेमा छलफल शुरु भएको छ ।

क्वारेन्टाइनमा बस्न नपर्ने गरी दुई देशबीच सोझो हवाई उडान गर्ने सम्भावनाका बारेमा छलफल भएको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । तर यस्तो हवाई यात्रा गर्न चाहने व्यक्तिले अनिवार्य रुपमा खोप लगाएको हुनु पर्नेछ ।

स्वास्थ्य अधिकारीहरुले यस्तै उडान ताइवान, थाइल्यान्ड र अमेरिकाका प्रशान्त क्षेत्रहरु गुवाम र सैपानमा शुरु गर्ने बारेमा कोरियाले प्रस्ताव पठाएका बताएका छन् । 

दक्षिण कोरियाले हाल विदेशबाट आउने अधिकांश यात्रुलाई दुई साताको अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

बुधवारसम्म करिब ९२ लाख दक्षिण कोरियालीले कम्तीमा एक डोज खोप लगाएका छन् । यो संख्या कूल जनसंख्याको करिब १८ प्रतिशत हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया