एक साताभित्र फिल्मकर्मीलाई खोप उपलब्ध गराउने स्वास्थ्यमन्त्री शेरबहादुरको प्रतिबद्धता

२ बर्ष अगाडि

काठमाडौं, चलचित्र विकास बोर्डका सदस्य तथा अभिनेता राज कटुवालले गत शुक्रवार स्वास्थ्य मन्त्रालयमा तीन हजार फिल्मकर्मीलाई कोभिड खोप उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । तर, सोही साँझ स्वास्थ्य मन्त्री हेरफेर भएपछि बुधवार बोर्ड अध्यक्ष दयाराम दाहाल र सदस्य राजले नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग पनि भेट गरेर खोपको माग गरेका छन् ।

मन्त्री तामाङले एक साताभित्र आउने नयाँ खोप फिल्मकर्मीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको बोर्ड सदस्य कटुवालको भनाई छ । ‘बोर्डले तीन हजार खोप माग गरेको हो । त्यसमा थपघट हुनसक्छ । एक हप्ताभित्र फिल्मकर्मीले कोभिड खोप पाउनेमा बोर्ड पूर्ण विश्वस्त छ,’ उनले भने ।
 
कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारले फिल्म निर्माण, प्रदर्शन र वितरणमा पूर्ण रुपमा रोक लगाएको छ । जसले गर्दा चैतपछि फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । सरकारले सिनेमा हल खोल्न र छायांकन अनुमति दिएपछि फिल्म निर्माण र प्रदर्शन सहज रुपमा अगाडि बढाउन अहिलेदेखि नै फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउन आवश्यक छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया