भारतमा कोरोनाबाट अहिले सम्मकै धेरै मृत्यु, संक्रमित कति ?

२ बर्ष अगाडि

काठमाडौँ –  भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ को मृत्यु भएको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो । 

यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । 

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ९३ हजार ८९६ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ ।

भारतमा अहिले सम्म ११ लाख ८३ हजार ४७५ जना संक्रिय संक्रमित रहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया