कुवेतमा घरेलु कामदारको चर्को माग

२ बर्ष अगाडि

काठमाडौं - कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका सहायक विदेशमन्त्री माज्दी अहमद इब्राहिम अल–धाफिरीसँग द्विपक्षीय हितसहित नेपाली कामदारको सुरक्षा र सम्भावनाबारे छलफल गरेका छन् । 

मंगलवार भएको भेटमा नेपाल–कुवेतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका साथै अन्य विषयमा समेत छलफल भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । 

कुवेतमा घरेलु कामदारको चर्को माग रहेको छ । हरेक भेटमा कुवेती पक्षले घरेलु कामदारको आफ्नो चासो राख्दै आएको राजदूत भण्डारीले बताए । उनले नेपाली कामदारले कुवेतको श्रम बजारमा प्राप्त गरेको रोजगारीको अवसर, रोजगारीको सुरक्षा लगायतका विषयमा छलफल भएको बताए । 

भेटघाटमा कुवेत सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासका अन्य अधिकारीको पनि सहभागिता रहेको दूतावासले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया