लोक सेवा आयोगले माग्यो कर्मचारी, कुन पदमा कति ?

२ बर्ष अगाडि

काठमाडौं - प्रदेश नम्बर २ मा लोक सेवा आयोगले विभिन्न तहका लागि कर्मचारीको माग गरेको छ । आयोगले २८ जना कर्मचारीका लागि आवेदन खुलाएको हो । 

प्रदेश लोक सेवा आयोगले सार्वजनिक सूचनामार्फत अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको हो । 

आयोगले विज्ञापन भएका पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ । आयोगका अनुसार दरखास्तपछि छनोट परीक्षा जनकपुरधाममा हुनेछ ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया