रैराङको संस्थापक सेयरको लकिङ अवधि समाप्त

२ बर्ष अगाडि

काठमाडौं - रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक सेयरको लकिङ अवधि सकिएको छ ।

आईपीओ बाँडफाँड मितिबाट ३ वर्ष पूरा भएको हुनाले कम्पनीको संस्थापक सेयर कारोबारका लागि खुल्ला भएको हो । यो सँगै अब अब संस्थापक सेयर पनि सर्वसाधारण सरह कारोबार गर्न सकिनेछ ।

कम्पनीले आफ्नो वित्तीय विवरण पनि सच्याएको छ । कम्पनीले वैशाख २० गते सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १७ पैसा हुनुपर्नेमा भुलवश १३ रुपैयाँ ३ पैसा भएको र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८ पैसा हुनुपर्नेमा २०० रुपैयाँ भएकाले सच्याइएको कम्पनीले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया