७ मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री , को को बन्दैछन् मन्त्री ?

२ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । 

प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लागेका हुन् । 

पछिल्लो पटक जेठ २१ गतेपनि प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।  

को को बन्दैछन् मन्त्री ?

१) नारदमुनी राना, वनमन्त्री

२) मोहन वानियाँ, विनाविभागीय मन्त्री

३) खगराज अधिकारी, गृहमन्त्री

४) नैनकला थापा, सन्चारमन्त्री

५) ज्वालाकुमारी साह, कृषिमन्त्री

६) राजकिशोर यादव, उद्योगमन्त्री

७) गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८) आशा विक, वन राज्यमन्त्री

उनीहरुले आजै साँझ ६ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया