महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा बीमाशुल्क भुक्तानीमा छुट

२ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको छ । 

कोेरोना भाइरसको संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न नसकेका र कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका कम्पनीले जनाएको छ ।

आम बीमितहरुको यहि समस्यालाई विचार गरी कम्पनीले राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया