तीन इन्स्योरेन्स कम्पनीको साधारण सभा शुक्रवार हुदैँ, कुनको लाभांश  प्रस्ताव कति ?

२ बर्ष अगाडि

काठमाडौं,  तीन  इन्स्योरेन्स  कम्पनीको साधारण सभा भोलि ( शुक्रवार)  हुँदैछ । हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको साधारण सभा भोलि हुन लागेको हो । 

हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको छ । सभाले ३ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जेठ १२ गतेसम्मका कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । 

लुम्बिनी जनरल इन्स्योरेन्सले सभा बेलुका ४ बजे गर्ने जानकारी गराएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जेठ १३ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् । 

त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले सिद्धार्थ भवनमा बिहान ११ बजे सभा शुरु गर्ने भएको हो । सभाले १२ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीको लाभांश जेठ १३ गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया