सबैै भन्दा बढी व्यापार नाफा पाँच देश सँग, कुन-कुन ?

२ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्ष २०७७/७८ को साउन देखि वैशाखसम्ममा नेपालको सबैभन्दा बढी व्यापार नाफा पाँच देशबाट भएको छ ।  

भन्सार विभागको तथ्यांकका अनुसार सबैभन्दा बढी व्यापार नाफा हुने लेबनान, डेनमार्क, बेलायत, सुडान र अंगोला रहेका छन् ।

चालु आर्थिक वर्षको वैशाखसम्म लेबनानसँग १८ करोड ८ लाख, डेनमार्कसँग १७ करोड ५८ लाख, बेलायतसँग १६ करोड १४ लाख व्यापार नाफा भएकोे छ । 

साथै सुडानसँग ७ करोड ३७ लाख र अंगोलासँग ४ करोड ४२ लाख रुपैयाँ व्यापार नाफा रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया