सर्वोच्चलाई जवाफ नदिइ ओलीद्धारा पुनः १९ औंपटक मन्त्रिपरिषद् विस्तार

२ बर्ष अगाडि

काठमाडौं - अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते १८ औं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । जनता समाजवादी पार्टीका दुई राज्यमन्त्रीसहित अनय आठ जनालाई मन्त्रिमण्डलमा सहभागी गराएका हुन् ।

संसद् विघटन भइसकेको र अल्मतमा परिसकेका प्रधानमन्त्रीले संविधान विपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । २५ जेठमा सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै १५ दिनभित्र त्यसको जवाफ दिन आदेश जारी गरेको थियो ।

तर, प्रधानमन्त्री ओलीले त्यसको जवाफ नदिएरै पुनः १९ औंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । २१ गते बाँकी रहेका आठ मन्त्रालयध्ये रक्षा बाहेक अन्य सात मन्त्रालयमा आज प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गरेका छन् ।

अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दायर गरेका थिए । अहिलेसम्म प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिएका छैनन् । आज ओलीले एक राज्यमन्त्रीसहित सात जना मन्त्री थपेका हुन् । उनीहरुको शपथ आजै अपरान्ह चार बजे हुने भएको छ ।v

२ बर्ष अगाडि

प्रतिक्रिया