साताको अन्तिम दिन नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम १६ अर्ब माथि

२ बर्ष अगाडि

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा बन्द भएको छ ।

आज २९६८.०९ विन्दुदेखि खुला भएको बजार २९७०.५५ विन्दुसम्म पुगेको थियो । 

सेन्सेटिभ इन्डेक्स भने २.५९ अंक बढेर ५२७.८७ विन्दुमा पुगेको छ । कारोबार रकमको उच्चता भने यस दिन पनि कायमै रहेको छ । बिहीवार २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटक शेयर कारोबार हुदाँ रु. १६ अर्ब १० करोड ४ लाख १२ हजार बराबरको शेयर कारोबार भएको हो ।

यो दिन हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । 

साताको अन्तिम कारोबार दिनको बजारबाट जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको हो । 

त्यस्तै, विकास बैंकको २.६३ प्रतिशत, वित्तको २.५७ प्रतिशत, लगानीको १.०८ प्रतिशत, म्युचुअल फण्डको  ०.७९ प्रतिशत र लघुवित्तको ०.१४ प्रतिशत परिसूचक बढेको छ । यस दिन पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू। ३८५ पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया