वाणिज्य बैंकहरुको मुद्दति निक्षेप  २ प्रतिशतभन्दा बढीले वृद्धि, कुन बैंकको मुद्दति निक्षेप कति ?

२ बर्ष अगाडि

काठमाडौं, वाणिज्य बैंकहरुको मुद्दति निक्षेप बैशाखमा पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ।। गत चैत महिनामा बैंकहरुको मुद्दति निक्षेप ३ प्रतिशतले बढेको थियो । 

केन्द्रिय बैंकको तथ्याँक अनुसार बैंकहरुमा मुद्दति निक्षेप बढ्दा कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा समेत बढेर ४८ प्रतिशतभन्दा माथि पुगेको छ। बैशाख महिनामा बैंकहरुको कुल निक्षेप संकलन ०.२९ प्रतिशतले मात्रै बढेको अवस्थामा मुद्दति निक्षेप भने २ प्रतिशतभन्दा धेरैले बढेको छ।

गत आर्थिक वर्षको बैशाख सम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा ४७।४४ प्रतिशत रहेको थियो। भने यस वर्षको बैशाख अन्तिमसम्म्मा वाणिज्य बैंकहरुले कुल बैशाख अन्तिमसम्ममा ३९ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जसमा ४८.१२ प्रतिशत मुद्दति खातामा रहेको छ। गत चैतसम्म्मा कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा ४७.२३ प्रतिशत रहेको थियो।

बैशाख महिनासम्ममा एनआइसि एशिया बैंकको मुद्दति निक्षेपमा सबैभन्दा धेरै १ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको पनि १ खर्ब १८ करोड रुपैयाँ र नविल बैंकको पनि १ खर्ब ८२ करोड रुपैयाँ मुद्दति निक्षेपमा रहेको छ। अन्य बैंकको मुद्दति निक्षेपमा भने १ खर्ब भन्दा कम रकम रहेको छ।
 
यस्तै, कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा सबैभन्दा धेरै हुने बैंकको पहिलो स्थानमा सिभिल बैंक रहेको छ। उसको कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा ६८ प्रतिशत रहेको छ।

त्यसैगरी सेञ्चुरी कमर्शियल बैंकको मुल निक्षेपमा मुद्दतिको हिस्सा ६५ प्रतिशत, प्राइम कमर्शियल बैंकको ६२ प्रतिशत, नेपाल बंलादेश बैंकको ६१ प्रतिशत, एनसिसि बेंकको ५९ प्रतिशत, कुमारी र सिटिजन्स बैंकको ५८ प्रतिशत, एनआइसि एशियाको ५६ प्रतिशत, मेगा बैंकको ५५ प्रतिशत, माछापुच्छ्रे बेंकको ५३ प्रतिशत, एनएमवि र लक्ष्मी बैंकको ५१ प्रतिशत छ भने सनराइज बैंकको ५० प्रतिशत रहेको छ।

अन्य बैंकहरुको भने यस्तो हिस्सा ५० प्रतिशतभन्दा कम रहेको छ।

सरकारी बैंक अर्थात राष्ट्रिय वाणिज्य बैंकको भने कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा २२ प्रतिशत मात्रै रहेको छ भने नेपाल बैंकको २५ प्रतिशत, स्ट्यान्डर्ड चाटर्ड बैंकको २६ प्रतिशत र इन्भेष्टमेन्ट बैंकको ४२ प्रतिशत रहेको छ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया