अस्पतालबाट डिस्चार्ज भए दीप श्रेष्ठ

२ बर्ष अगाडि

काठमाडौं– गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्र कम देखिएको कारण ह्याम्स अस्पताल भर्ना भएका श्रेष्ठ १६ दिनपछि  बिहीबार डिस्चार्ज भएका हुन् । श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । केही दिन घरमै आईसोलेसन बस्ने गरेर अस्पतालले श्रेष्ठलाई डिस्चार्ज गरेको पौडेलको भनाई रहेको छ ।

डिस्चार्ज अघि उनको पुनः कोरोना परीक्षण समेत गरिएको थियो । जसको रिपोर्ट भने आउन भने बाँकी रहेको छ । बरिष्ठ गायक श्रेष्ठ गायन ‘द भ्वाइस अफ नेपाल’ का जर्ज पनि हुन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया