१० महिनामा ८ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रियो

२ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को १० महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।  


 

२ बर्ष अगाडि

प्रतिक्रिया