एकै पटक ३ वटा कम्पनीले मागे आईपिओ निष्काशनको अनुमति

२ बर्ष अगाडि

एकै पटक  २ वटा जीवन बिमा कम्पनी र एउटा हाइड्रोपावरले आइपिओ निष्काशनको लागी अनुमति माग गरेको छ ।  धितोपत्र बोर्डमा युनियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र  अपार हेवा खोला हाइड्रोले आईपिओ निष्काशनका लागि  अनुमति माग गरेका हुन् । 

युनियन लाइफ र  सानिमा लाइफ इन्स्योरेन्स  जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गरेका हुन् भने अपार हेवा खोला हाइड्रोले जेठ २ गते बोर्डमा आवेदन दिएको हो ।

युनियन लाइफले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटल रहेको छ । त्यस्तै सानिमा लाइफले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो। कम्पनीको बिक्रि प्रबन्धक पनि प्रभु क्यापिटल रहेको छ ।

अपर हेवा खोलाले २० करोड बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । शेयर निष्काशनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आईपिओ निष्काशन गर्ने छन् । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया