आजबाट बिक्रीमा आयो नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ९ लाख कित्ता संस्थापक शेयर, बोलपत्र पेश कहिले सम्म ?

२ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडको ९ लाख कित्ता संस्थापक शेयर बुधबारदेखि लिलाम बढाबढमा बिक्री खुला भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा उक्त संस्थापक शेयरमा आजबाट १६ गते बुधबारसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले न्यूनतम मूल्य १४० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १,००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र आवेदन पेश गर्न सकिने शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया