पहिलो चरणमा सात देशकोे अन्तर्राष्ट्रिय उडान खोल्ने, कुन कुन देशको ?

२ बर्ष अगाडि

काठमाडौं - कोभिड-१९ का कारण बन्द गरिएको अन्तर्राष्ट्रिय उडान विस्तारै खोल्दै जाने तयारी गरिएको छ । पहिलो चरणमा सात देशमा उडान खोल्ने सीसीएमसीले निर्णय गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले सात देशको उडान खोल्ने निर्णय गरेको हो । 

पहिलो चरणमा नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियामा उडान सञ्चालन हुने भएको छ । 

सीसीएमसी निर्देशक समितिको निर्णय अनुसार सात वटै देशबाट सातामा दुई हजारभन्दा बढी यात्रु नबढ्ने गरी हवाइ उडान सञ्चालन हुनेछ । 

२ बर्ष अगाडि

प्रतिक्रिया