यामाहाको नयाँ एफजेड–एक्स बाइक शुक्रबार बजारमा आउँदै, मुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं, यामाहा मोटर इन्डियाले शुक्रबार (जुन १८) मा यामाहाको नयाँ एफजेड–एक्स बाइक सार्वजनिक हुने जनाएको छ।

यामाहाको नयाँ एफजेड–एक्स बाइकको लम्बाई २ हजार २० एमएको छ भने चौडाई ७ सय ८५ एमएमको हुनेछ। त्यस्तै यसको उचाई १ हजार १ सय १५ एमएमको हुनेछ। बाइकको फ्युल–ट्याङ्क केहि उचाईमा हुनेछ। यो मोडलमा ह्यान्डलबार पनि उठेको हुने बताइएको छ।

१५० सिसी क्षमता भएको यो बाइकमा एयर कुल्ड, ४ स्ट्रोक इन्जिन, बिएस ६ जडान गरिएको छ। जसले ७ हजार २५० आरपिएममा १२.४ पिएस पावर र ५,५५० आरपिएममा १३.३ एनएमको टर्क जेनेरेट गर्छ।

एफजेड–एक्सको सुरूवाती बजार मूल्य भारू १ लाख २५ हजार हुने अनुमान लगाइएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया