टिकटकमा तीन मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने

२ बर्ष अगाडि

काठमाडौं– भिडियो शेयरिङ एप टिकटकमा तीन मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने भएको छ ।

अहिलेसम्म टिकटक प्रयोगकर्ताहरुले १५ सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको थियो । टिकटकले अब भने तीन मिनेटका भिडियो बनाएर राख्न सक्नेगरी फिचर ल्याएको हो । यसमा तीन मिनेटसम्मको फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ ।

नयाँ सेवा प्राप्त गर्नका लागि एप अपडेट गर्नुपर्ने बताइएको छ । नयाँ सेवा शुरुपछि प्रयोगकर्तालाई अझै बढी भिडियो अपलोड र कन्टेन्ट ल्याउनका लागि प्रोत्साहित गर्ने टिकटकले जनाएको छ ।

टिकटक पछिल्लो समयमा सर्वाधिक रुचाइएको भिडियो शेयरिङ एप हो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया