टिकटकको आम्दानी १११ प्रतिशतले बढ्यो, मासिक प्रयोगकर्ता एक अर्ब ९० लाख

२ बर्ष अगाडि

काठमाडौं, टिकटकको मुख्य कम्पनी बाइटडान्सको आम्दानी अघिल्लो वर्षको तुलनामा १११ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२० मा बाइटडान्सले ३४ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् ४० खर्ब ७१ अर्ब रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै मासिक प्रयोगकर्ता एक अर्ब ९० लाख पुगेको सो प्रतिवेदनमा उल्लेख छ । 

प्राप्त जानकारीअनुसार कम्पनीले सबैभन्दा बढी आम्दानी टिकटकको चिनियाँ भसर्न डुयिनबाट गरेको छ । डुयिनबाट लाइभ स्ट्रिमिङमा हेर्दै सामान खरिद गर्नेको संख्यामा उल्लेख्य वृद्धि हुँदा पनी कम्पनीको आम्दानी बढेको हो ।

विश्वको सबैभन्दा ठूलो सोसल मिडिया ग्रुपको रुपमा रहेको फेसबुकका मासिक प्रयोगकर्ता २.८ बिलियन रहेका छन् । जसमा फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्रामका प्रयोगकर्ता समावेश छन् । तर, टिकटक एक्लैको मासिक प्रयोगकर्ता १.९ बिलियन पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया