३२ वर्षेको करिअरमा पहिलो पटक बायोपिक फिल्म खेल्दै सलमान !

२ बर्ष अगाडि

काठमाडौं, अभिनेता सलमान खानले ३२ वर्षे आफ्नो करिअरमा उनले बायोपिक फिल्ममा काम गरेका थिएनन् । अब उनी पहिलो पटक बायोपिक फिल्ममा देखिने लागेको भारतीय मिडियाले बताएका छन् । उनले भारतीय जासूस रवीन्द्र कौशिकको बायोपिकमा काम गर्न लागेको चर्चा छ ।
 
फिल्मलाई ‘रेड’ फेम्ड निर्देशक राजकुमार गुप्ताले निर्देशन गर्नेछन् । आफ्नो भूमिका र फिल्मको स्क्रिप्ट निकै मन परेका कारण सलमान काम गर्न राजी भएको भारतीय मिडियाको दाबी छ ।  ब्ल्याक टाइगरको रुपमा चिनिने रवीन्द्र कौशिकलाई भारतको अहिलेसम्मकै सबैभन्दा राम्रो जासूस मान्ने गरिएको छ । 
 
यो फिल्म बनाउन राजकुमारले गएको ५ वर्षदेखि रवीन्द्रको जिन्दगीसँग जोडिएका हरेक चिजमा रिसर्च गरिरहेका थिए । 

२ बर्ष अगाडि

प्रतिक्रिया