ओटीटी प्लेटफर्ममा सर्वाधिक पारिश्रमिक लिने कलाकारको सूचीमा अजय, लिए १ सय २५ करोड

२ बर्ष अगाडि

एजेन्सी - बलिउड अभिनेता अजय देवगन आगामी जुलाईबाट डिजिटल ‘डेब्यू’ गर्दैछन् । अजयले ब्रिटिस शो ‘लुथर’को अफिसियल रिमेक ‘रुद्र’मार्फत डिजिटलमा डेब्यू गर्न लागेका हुन् ।

शोमा अजय फरक अवतारमा प्रस्तुत भएर दुई महिनामा सम्पूर्ण सुटिङ पुरा गर्नेछन् । यो शोका लागि अजयले १ सय २५ करोड पारिश्रमिक लिएका छन् ।

१ सय २५ करोड पारिश्रमिकसँगै अजय ओटीटी प्लेटफर्ममा सर्वाधिक पारिश्रमिक लिने कलाकारको सूचीमा परेका छन् । यो सूचीमा यसअघि अक्षय कुमार र ऋतिक रोशन छन् ।

अजयको यो पारिश्रमिकमा स्टार नेटवर्कको प्रोमा सुट, सामाजिक सञ्जाल पोष्ट, रियालिटी शो अपेरियन्स पनि जोडिएका छन् । जय प्रति एपिसोड २ करोड पारिश्रमिक लिँदैछन् ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया