बाढीका कारण डेढ दर्जन जलविद्युत् आयोजनामा क्षति

२ बर्ष अगाडि

मङ्गलबारको बाढीका कारण झण्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगे । सोही क्षतिका कारण सरकारी तथा निजी क्षेत्रका केही आयोजना अझै पनि पुनः सञ्चालनमा आउन सकेका छैनन् ।  

कास्कीमा निर्माणाधीन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेको छ । सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुङ्गानाका अनुसार बाढीका कारण झण्डै रु एक अर्ब बराबरको नोक्सानी भएको छ । 

उहाँका अनुसार मादी नदीमा आएको बाढीले निर्माणाधीन आयोजनाको हेडबक्स, पावरहाउस, कामदार आवास एरियालगायत स्थानमा ठूलो क्षति पु¥याएको छ । यस्तै लोडर, एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट, आरएमसी प्लान्ट, हेभी जेनेरेटरलगायत पावरहाउस क्षेत्रबाट निर्माण सामग्रीसमेत बगाएको छ । 

आज मात्रै नेपाल चीन सीमा क्षेत्र नजीकै रहेको रोजिया शहर र सोको आसपासमा भारी वर्षा भएसँगै पहिरो आउँदा नदीको बहाव रोकिन गएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सचेत रहन सूचना जारी गरेको छ । नेपाल चीन सीमा क्षेत्रको बस्ती तथा तामाकोशी नदी तटीय क्षेत्रमा जोखिम उत्पन्न हुने सूचनामा उल्लेख छ । 

तामाकोशी नदीमा नै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । बाढीका कारण दोर्दी करिडोरमा निर्माणमा रहेका आयोजनामध्ये केहीमा सामान्य क्षति पु¥याएको छ । बाढीका कारण दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा रहेका आयोजना क्षति पुगेको छ । कूल ५४ मेगावाट क्षमताको सुपर दोर्दी ९ख०, १२ मेगावाट क्षमताको दोर्दी १ मा बाढीले समस्या पारेको छ । रसुवामा निर्माण भइरहेको रसुवागढी आयोजनाको टेलरेसबाट बाढी पसेको छ । बाढीले आयोजनामा आवतजावतका लागि निर्माण गरिएको बेलीब्रिज बगाएको छ । 

मेलम्चीमा आएको बाढीले पु¥याएको जनधनको क्षति असाध्यै ठूलो छ । वातावरण विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका रविन निरौलाका अनुसार कमजोर भूसतहमा सामान्य पहिरो जाँदा पनि तल्लो तटमा ठूलो क्षति पुगेको छ । 

मेलम्चीको हकमा पहिरो खसेर ४५ मिनेट बढी खोला थुनिएको देखिन्छ । मनसुनको समयमा नदी त्यसले कति विकराल रुप लिन्छ भनेर मेलम्चीको अवस्थाबाटै थाहा भएको छ । 

बाढीपहिराले नेपालको हिमाली तथा पहाडी क्षेत्रमा निर्माण भएका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार बाँधस्थल तथा अन्य संरचनामा बाढीले समस्या पारेको छ । जानकारहरुका अनुसार नेपाल आफैँमा प्राकृतिक विपत्तिको जोखिममा छ । ‘गोरखा भूकम्प’ का कारण भौगोलिक रुपमा नै केही जटिलता सिर्जना भएका छन् । त्यसमाथि जलवायु परिवर्तनका कारण एकै स्थानमा धेरै वर्षा हुने कारण पनि बाढीपहिराको जोखिम उत्तिकै बढी देखिन्छ । यस्तो अवस्थामा भौतिक पूर्वाधार निर्माण गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । 

विशेषगरी उत्तरी क्षेत्रमा निर्माणमा रहेका र सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनामा पछिल्ला बाढीपहिराले झनै समस्या थपिदिएको छ । लागत र समय मात्रै बढेको छैन, आयोजनाको भविष्यमा समेत प्रश्नचिह्न खडा भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया