देउवाले आफू पक्षीय केन्द्रीय सदस्यलाई आफ्नै निवासमा बोलाएर भने : 'सभापतिमा फेरि उठ्छु, सहयोग गर्नुस्'

२ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशन कार्यतालिका संशोधन भएसँगै कांग्रेसभित्र नेतृत्वको विषयमा बहस शुरु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल थालेका छन् । सभापति देउवाले शनिबार प्रदेश(१ का आफू पक्षीय केन्द्रीय सदस्यलाई आफ्नै निवास बुढानिलकण्ठ बोलाएर छलफल गरेका हुन् ।

आफू सभापतिमा उठ्ने जानकारी गराउँदै देउवाले नेताहरुलाई सहयोग गर्न आग्रह गरे । आफ्नै नेतृत्वमा पार्टीलाई ठूलो र सुद‍‍ृढ पार्टी बनाउने समेत देउवाले बताए । पहिला सोचेअनुसार काम नभएको स्वीकार्दै देउवाले पार्टीमा आफूले गर्नु पर्ने थुप्रै काम बाँकी रहेका समेत नेताहरुसँग बताए ।

सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका देउवाले सुरुमा प्रदेश १ का केन्द्रीय सदस्यसँग छलफल गरेका हाुन । छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भिष्मराज आङ्दम्बे, सीता गुरुङ, डिला संग्रौलालगायत नेता उपस्थित भएका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया