बैदेशिक रोजगारमा जाने कामदारको पीसीआर गर्न ए वर्गका निजी प्रयोगशालाले पाए अनुमति

२ बर्ष अगाडि

काठमाडौं - बैदेशिक रोजगारमा जाने कामदारको पीसीआर गर्न  न्यूनतम एक सय बेड भएका अस्पताल र ए वर्गका निजी प्रयोगशालाहरुले अनुमति पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१ वटा सरकारी अस्पताल र ३० वटा निजी अस्पताल र ए वर्गका निजी प्रयोगशालाहरुले परीक्षण अनुमति पाएका हुन् । 

मन्त्रालयले गत वैशाख १९ गते भएको निर्णय अनुसार वैदेशिक रोजगारका लागि विदेश जानेले कोरोना परीक्षण गर्न पाउने जनाएको छ ।

सरकारले जुन ७ तारेखदेखि कतार सहित प्रमुख गन्तव्यमा उडान अनुमति दिएपछि पुनः श्रम स्वीकृति लिएर रोजगारीमा जाने क्रम बढेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया