भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाख कम, एकै दिन ५८ हजार बढिमा संक्रमण पुष्टि

२ बर्ष अगाडि

एजेन्सी - दुई महिनाअघिसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो समय संक्रमित संख्या घट्न थालेको छ । दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम भएको हो ।

त्यहाँ  पछिल्लो २४ घण्टामा ५८ हजार ५८८ जनामा संक्रमण पुष्टि भएको छ ।  यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ पुगेको छ । भारतमा अहिले ७ लाख ३६ हजार १६५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार २३९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७४० पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया