रोजगारीका लागि इजरायल जाने नेपाली युवाको आवेदन असारभित्र लिने, पहिलो चरणमा ५०० जना

२ बर्ष अगाडि

काठमाडौं - सरकारले रोजगारीका लागि इजरायल जाने नेपाली युवाको अनलाइनमार्फत आवेदन असारभित्र लिने भएको छ । 

गत फागुनमैै आवेदन माग गर्ने गरी तयारी भए पनि छनोट कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत हुन ढिलाइ भएपछि आवेदन लिने काम रोकिएको थियो ।

कोरोना संक्रमणका कारण रोजगारीका क्षेत्र संकुचित भएपछि आर्कषक मानिएको इजरायलको रोजगारीका लागि आवेदन माग गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागले कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लामो समय रहेपनि अहिले स्वीकृति अन्तिम चरणमा रहेका कारण अन्य प्राविधिक काम मिलाउने काम भइरहेको जनाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको रोजगारी सूचारु गर्न छनोट कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरेको लामो समयसम्म स्वीकृत नभएपछि यसको ४ महिना ढिलो भएको छ । 

पहिलो चरणमा ५ सयमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष श्रमिक छनोट गर्ने गरी आवेदनको तयारी गरिएको विभागले जनाएको छ । अनलाइन आवेदनको लागि आवश्यक पर्ने प्राविधिक काम ९० प्रतिशत सम्पन्न भएको छ ।

 इजरायल सरकारको तर्फबाट जनसंख्या तथा अध्यागमन निकाय ९पिवा० र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागले श्रमिकको भर्ना, छनोट र अन्य काम गर्ने गरी आवदन माग गरिँदैछ । 

इजरायलकोे छनोट, भर्ना र अन्य प्रक्रियामा निजी क्षेत्रको संलग्नता नहुने भएकाले त्यहाँ जाने नेपालीले हवाई टिकट, कल्याणकारी कोषको रकम, स्वास्थ्य परीक्षण आफ्नै खर्चले गर्नु पर्ने छ । 

इजरायलले नेपालबाट २ हजार श्रमिक लैजाने जनाएपनि पहिलो चरणमा ५०० नेपाली युवालाई रोजगारी दिने गरी आवेदन आह्वान गर्ने विभागले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया