वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या घट्दा बढ्यो रेमिट्यान्स

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या निरन्तर घटीरहेको छ । तर नेपाल भित्रिने रेमिट्यान्स भने निरन्तररुपमा बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ भित्रिएको छ ।  रेमिट्यान्सको यो परिणाम अघिल्लो वर्षको नौ महिनाको अवधिमा १९.२ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत, व्यक्तिगत–नयाँ र वैधानिकीकरणको अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने ६०.३ प्रतिशतले घटेको छ । 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने ४९.० प्रतिशतले घटेको हो । अघिल्लो वर्ष आर्थिक वर्ष २०७५/०७६ मा विदेश जाने २४.६ प्रतिशतले घटेको थियो भने सो वर्ष नेपाल आउने रेमिट्यान्स ६.३ प्रतिशतले घटेको थियो ।

 
 

२ बर्ष अगाडि

प्रतिक्रिया