असार १५ गतेपछि आन्तरिक उडान खुलाउने तयारी

२ बर्ष अगाडि

काठमाडौं - आन्तरिक उडान असार १५ गतेपछि खुलाउने तयारी भएको छ । 

निजी वायुसेवा कम्पनीहरूले ७ असारदेखि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरेर आन्तरिक उडान खुलाउन प्रस्ताव गरेका छन् । 

वायुसेवा सञ्चालक संघले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई १ असारबाट आन्तरिक उडान खोल्ने प्रस्ताव अघि सारेका हुन् । 

७ गतेसम्म बन्द नै भएकाले अब कसरी खोल्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयमार्फत कुरा अगाडि बढिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ  । 

२ बर्ष अगाडि

प्रतिक्रिया