बागमती सरकारद्धारा ६ अस्पताललाई साढे २ करोड

२ बर्ष अगाडि

काठमाडौं - बागमती प्रदेश सरकारले ६ अस्पताललाई कोभिड-१९ सङ्क्रमण रोकथाम र उपचारका लागि दुई करोड ५५ लाख उपलब्ध गराउने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत छ । अस्पताललाई उक्त रकम उपलब्ध गराउने भएको हो ।

निर्णयानुसार दोलखाको सिङ्गटी अस्पताललाई २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई ३० लाख, भक्तपुरको नेपाल-कोरियामैत्री नगरपालिका अस्पताललाई ३५ लाख, काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई ५० लाख र भक्तपुरकै ख्वपः अस्पताललाई एक करोड उपलब्ध गराइने छ ।

यसैगरी बैठकले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपीडितका लागि तत्काल आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक पठाउने निर्णय गरेको छ ।
 
समितिले प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रकम थप गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि विपद् व्यवस्थापन गर्न १० करोड बजेट विनियोजन गरेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया