क्लबहाउस डाउनलोड ५० लाखभन्दा, साथीहरु अनलाइन भए/नभएको हेर्न मिल्ने नयाँ फिचर

२ बर्ष अगाडि

काठमाडौं, अडियो प्लेटफर्म क्लबहाउस एन्ड्रोइडमा उपलब्ध भएको दुई महिना पुरा हुन लागेको छ । यो अवधिमा एन्ड्रोइडमा ५० लाखभन्दा बढी डाउनलोड भइसकेको छ । सुरुवातमा आईओएसमा मात्रै उपलब्ध क्लबहाउस एन्ड्रोइडमा उपलब्ध भएसँगै थप चर्चा बटुल्न सफल भएको छ ।

कम्पनीले आईओएस प्रयोगकर्तामाझ लोकप्रिय फिचर एन्ड्रोइड प्रयोगकर्तालाई पनि उपलब्ध गराएको छ ।नयाँ फिचरको रुपमा कम्पनीले एन्ड्रोइड प्रयोगकर्तालाई आफ्ना साथीभाइ अनलाइन भएरनभएको हेर्न सकिने बनाएको छ । योसँगै प्रयोगकर्ताले आफ”सँग जोडिएका साथीमध्ये को अनलाइन छ, त्यो हरेर उनीहरुलाई ग्रुपमा इन्भाइट गर्न सक्नेछन् ।

कम्पनीले भर्खरैमात्र यो फिचरसहित एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ अपडेट उपलब्ध गराएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया