साउथका  सुपरस्टार महेश बाबूका केही रोचक कुरा...

२ बर्ष अगाडि

काठमाडौं, साउथ इन्डियन फिल्मका सुपरस्टार महेश बाबू । उनका फिल्म आन्ध्र प्रदेश र तेलंगानामा मात्र नभएर पूरै भारतमा अलग अलग भाषामा डब गरेर देखाइन्छ । तर, उनको बारेमा केही यस्ता रोचक कुरा छन्, जुन कमैलाई थाहा छ । उनी तेलुगू फिल्मका सुपरस्टार भए पनि उनलाई तेलुगू लेख्न र पढ्न आउँदैन ।
 
उनी चेन्नईमा हुर्किएका हुन् । यसकारण उनलाई तमिल र अंग्रेजी राम्रोसँग लेख्न र बोल्न आउँछ । तर, निर्देशकका अनुसार उनले कन्ठ गरेर भए पनि तेलुगू भाषामा लेखिएको आफ्नो डाइलग निकै सानदार तरिकाले बोल्ने गरेका छन् । तमिल सुपरस्टार कार्ती र विजय उनका बाल्यकालदेखिका मिल्ने साथी हुन् । उनीहरु एउटै स्कूलमा पढेका हुन् ।

२० वर्षको आफ्नो करिअरमा करीब ४० भन्दा बढी फिल्ममा काम गरेका उनका प्रायः फिल्म बक्सअफिसमा सुपरहिट छन् । उनको पछिल्लो फिल्म ‘सारिलेरु नीकेवरु’ ले भारतीय बजारमा २६० करोड छापेको थियो । उनका अहिलेसम्म १८ वटा फिल्मको हिन्दी डब भइसकेको छ । यसमा ‘पोकिरी, अथाडु, डूकुडू, ओकडू, भारत आने नेनू’ जस्ता ब्लकबस्टर फिल्म सामेल छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया