नेपालमै पहिलोपटक सुबिसुको ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क

२ बर्ष अगाडि

काठमाडौं, सुबिसु केबल नेटले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क विस्तार गरेको छ । १५०० किलोमिटर पूर्व पश्चिम फैलिएको सुबिसुको नेटवर्कमा उच्च गति क्षमताको फाइबर सोलुसन विस्तार भएको हो ।

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलोपटक ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन उपलब्ध गराएको हो, जसले सुबिसुको बढ्दो ब्याण्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्ने बताइएको छ ।

अब सुबिसुका ग्राहकहरूले उच्च गतिको ब्रोडब्याण्ड सेवामा थप गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । ४०० जीबीपीएस सिंगल फाइबरयुक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफर्म अफरिङ, फोटोनिक सर्भिस ईन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिंग दैशभर जडान गरिएको छ । 

नोकियाको ४०० जीबीपीएस सिंगल फाइबर सोलुसनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी सुबिसुको नेटवर्कलाई सोलुसन कस्ट अप्टिमाइज गर्दै र अपरेशन कस्ट घटाउदै थप सबल बनाउन मद्दत गर्दछ । यस समाधानले सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट मल्टि टेराबिट क्षमताको नेटवर्क सजिलै प्रदान गर्दछ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया