नागरिक लगानी कोषको खुद मुनाफामा ५६.०४ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी कति ?

२ बर्ष अगाडि

काठमाडाौं - नागरिक लगानी कोषको चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद मुनाफामा ५६.०४ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कोषले ५९ करोड २० लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यो अवधिमा कोषको खुद ब्याज आम्दानीमा पनि वृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कोषले ५ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो २१५.१६ प्रतिशतले बढेर १८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

कोषको खुद ब्याज आम्दानीसँगै सेवा शुल्क र कमिसन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा ६१ करोड ६२ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा २८.२४ प्रतिशतले वृद्धि भएर ७९ करोड २ लाख रुपैयाँ पुगेको छ । 

कोषको खुद मुनाफा वृद्धि भएपनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो वर्षको यहि अवधिमा कोषको प्रतिसेयर आम्दानी ३७ रुपैया ६२ पैसा रहेकोमा अहिले त्यो ११ रुपैयाँ ३१ पैसाले घटेर २६ रुपैयाँ ३१ पैसा पुगेको छ । 

कोषको खुद मुनाफामा वृद्धि हुदाँ पनि प्रतिसेयर आम्दानी घट्नुको कारण कोषले चालु आर्थिक वर्षमा हकप्रद सेयर र बोनस सेयर वितरण गरि १२३ प्रतिशत पुँजी वृद्धि गरेको थियो । कोषको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ । 

कोषको चुक्ता पूँजी चैत मसान्तसम्ममा १२३.०८ प्रतिशतले बढेर ३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कोषको जगेडा कोष ८३.०३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया