चर्को घाममा काम लगाउने ९८ कम्पनीलाई कतार सरकारद्धारा कारबाही, अधिकांश नेपाली कामदार कार्यरत कम्पनी

२ बर्ष अगाडि

काठमाडौं - कतार सरकारले निर्देशन विपरित काममा लगाउने ९८ कम्पनीलाई रबाही गरेको छ ।

कतार सरकारले मध्य दिउँसोको टन्टलापुर घाममा कामदारलाई काममा नलगाउन सूचना जारी गरे पनि केही कम्पनीले सरकारी सूचनाको उपेक्षा गर्दै कामदारलाई काममा लगाएको पाइएको कतारी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

कारबाहीमा परेका कम्पनीमध्ये अधिकांश कम्पनीमा नेपाली कामदार कार्यरत रहेको बताइएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले पहिलो चरणमा ५४ र दोस्रो चरणमा ४४ कम्पनीलाई कारबाही गरेको बताएको छ । 

साढे तीन लाख बढी नेपाली कामदार कार्यरत रहेको कतारमा दिउँसो चर्को घाममा काम गर्ने र राति चिसो एयर कण्डिसनमा सुत्ने गरेका कारण नेपाली कामदारहरुले  कम उमेरमै ज्यान गुमाउने गरेका छन् । कतारमा हाल दैनिक कतीमा एक नेपालीको मृत्यु हुने गरेको बताइएको छ । 

कतार सरकारले १३ वर्ष अघि सन् २००७ मा नै जुन १ देखि सेप्टेम्बर १५ सम्म विहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काममा लगाउन नपाइने नियम लगाएको थियो । 

तर निर्माण, कृषि र उद्योग क्षेत्र अन्तर्गतका कम्पनीले सरकारी निर्देशनलाई पालना गर्न आनाकानी गर्ने गरिएको बताइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया