लुम्बिनी प्रदेशमा नेपाल टेलिकमको आईपी टिभी सेवा

२ बर्ष अगाडि

काठमाडौं - नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले एफटीटीएच (फाइबर टु दि होम) मार्फत् आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ ।

एनटी टिभि ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो ।

टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् (ट्रिपल प्ले) को अवधारणा कार्यान्वयनमा आउने भएको हो ।

हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा (एनटी टिभी) सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया