विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ८९ हजारमा कोरोना पुष्टि हुँदा ३ लाख २१ हजार बढि डिस्चार्ज, मृत्यु कति ?

असार ७, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - विश्वमा पछिल्लो २४ घण्टामा थप २ लाख ८९ हजार ८६१ जना कोरोनाका संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमित हुने कुल संख्या १७ करोड ९२ लाख ५५ हजार ११६ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ३ लाख २१ हजार २ सय ९९ जना निको भएर घर फर्केका छन् । यो सँगै विश्वमा कोरोना जित्नेको संख्या १६ करोड ३८ लाख १८ हजार ५६५ पुगेको छ । 

त्यस्तै अहिले सम्म विश्वमा कोरोनाको सङ्क्रमणबाट ३८ लाख ८२ हजार ८० जनाको मृत्यु भएको छ । भारतमा आएको दोश्रो लहरको महामारीले धेरै प्रभावित बनेको थियो । पहिलो लहरका बेला अमेरिका र ब्राजिल प्रभावित भएको थियो । 

अहिले भारतको पनि संक्रमित थपिने सङ्ख्यामा कमी आएको देखिन्छ । पछिल्लो २४ घण्टामा भारतमा ५३ हजार ९ जना कोरोनाका संक्रमित थपिएका छन् । ३९ करोड १० लाख १९ हजार ८३ नमुना परीक्षण गरिएकोमा भारतमा २ करोड ९९ लाख ३४ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाबाट भारतमा हालसम्म ३ लाख ८८ हजार १ सय ६४ जनाले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा १ हजार बढीको मृत्यु भएको छ। हालसम्म विश्वमा ३८ लाख ८१ हजार ५ सय ३८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

गत २४ घण्टामा अमेरिकामा ४ हजार ४ सय ४२ जना कोरोनाका संक्रमित थपिएका छन् भने ८६ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ५० लाख ७७ हजार ५ सय २० जना सक्रिय संक्रमित रहेका छन् । सबै भन्दा बढी अमेरिकामा ६ लाख बढीले ज्यान गुमाए भने ३ करोड ४४ लाख ६ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ब्राजिलमा गत २४ घण्टामा ४४ हजार १ सय ७८ जना कोरोनाका संक्रमित थपिएका छन् । १ हजार बढीको कोरोनाबाट मृत्यु भएको छ भने ३६ हजार बढी निको भएर घर फर्केका छन् । ब्राजिलमा हालसम्म १ करोड ७९ लाख २७ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ लाख १ हजार ९ सय १८ जनाले ज्यान गुमाउनु परेको छ ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८