नेपालमा २५० कोरोना संक्रमितको भेन्टिलेटर र ८७१ को आईसीयूमा उपचार हुँदै, कुन प्रदेशमा कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपालमा हाल सम्म भेन्टिलेटर र आईसीयूमा उपचार गराउने संक्रमितको संख्या अघिल्लाा केही साताको तुलनामा घट्दै गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा २५० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । साथै अहिले ८७१ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । कतिपय अस्पतालमा बेड खाली हुन थालेको मन्त्रालयले बताएको छ । 

मन्त्रालयका अनुसार प्रदेश १ मा ४९, प्रदेश २ मा २, वाग्मती प्रदेशमा सबैभन्दा धेरै १५२ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचाररत भइरहेको छ । गण्डकीमा १८, लुम्बिनीमा १७, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । 

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८४ कोरोना संक्रमितले उपचार गराइरहेका छन् । प्रदेश १ मा १५२, प्रदेश २ मा ३७, गण्डकी प्रदेशमा ७७, लुम्बिनीमा ८१, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा २५ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् । 

हाल संस्थागत आसोलेसनमा ३ हजार ६९९ संक्रमित छन् । दुई साताभन्दा अगाडि यो संख्या साढे ६ हजारभन्दा माथि थियो । होम आइसोलेसनमा ५१ हजार ८३३ संक्रमित छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया