कोपा अमेरिका: पेरूको सानदार जित, चिली–उरुग्वे र  भेनेजुएला–इक्वेडर बराबरीमा

२ बर्ष अगाडि

कोपा अमेरिका फुटबल अन्तर्गत समूह बी को खेलमा चिली र उरुग्वेले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

ब्राजिलको एरेना पान्थानाल मैदानमा भएको खेलको २६औँ मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा चिलीले अग्रता कायमै राखेको थियो । ६६औँ मिनेटमा चिलीकै भिदालले आत्मघाती गोल गरेपछि उरुग्वेले अंक जोड्न सफल भयो ।

दोस्रो हाफमा अर्टुरो भिदालले आत्मघाती गोल गरेपछि चिलीले अंक बाँडेको हो ।

बराबरीपछि चिलीले समूह ए मा ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा छ । उरुग्वेको २ खेलबाट १ अंक छ ।

पेरूकाे जित

यस्तै  कोपा अमेरिका अन्तर्गत सोमकार बिहान भएको अर्को खेलमा  पेरूले जित हासील गरेको छ।  पेरूले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो।
 
पेरुका  लागि सर्जियो पेनाले एक गोल गरे। अर्को गोल पेरूले कोलम्बियाबाट आत्मघाती रूपमा उपहार पाएको थियो। कोलम्बियाका एर्री मिनाले आफ्नै पोस्ट्मा गोल गरेका थिए। कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काएका थिए । 

जितसँगै समूह ‘ए’ मा रहेको पेरूले दुई खेलमा तीन अंक जोडेको छ। पेरू समूहको तेस्रो स्थानमा छ। कोलम्बियाले भने तीन खेलमा चार अंक जोडेको छ। पहिलो हार बेहोरेको कोलम्बिया दोस्रो स्थानमा छ। यसअघिका दुवै खेलमा जित निकालेको ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा छ। 

भेनेजुएला र इक्वेडर  बराबरी

 समूह ‘ए’ कै अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। भेनेजुएलाका एडसन क्यास्टिलो र रोनाल्ड हर्नान्डेजले एक÷एक गोल गरेका थिए। यस्तै इक्वेडरका इडुअर प्रिसिडो र गोन्जालो प्लाटाले एक÷एक गोल फर्काए। 

बराबरीसँगै चौथो स्थानको भेनेजुएलाले तीन खेलबाट दुई अंक जोडेको छ। पुछारमा रहेको इक्वेडरले दुई खेलमा एक अंक मात्रै जोड्न सकेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया