भारतमा एकैदिन ९० दिन यताकै कम संक्रमित फेला, एकैदिन सवैभन्दा धेरै खोप लगाउने देश बन्यो भारत !

२ बर्ष अगाडि

भारतमा २४ घण्टामा ३९ हजार ९६ जना नयाँ संक्रमित थपिएका छन्। यो संगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९९ लाख नाघेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८ सय ४६  जनाको मृत्यु भएको छ। यो संगै कोरोनाका कारण  भारतमा मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार नाघेको छ। 

यस्तै भारतमा कोरोना मुक्त हुनेको संख्या २ करोड ८९ लाख नाघेको छ  भने ७ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

थता भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन् ।
  
खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । 

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री नरेन्द्र मोदीले  लेखेका छन्, 'खोप अभियानमा सक्रिय योगदान गर्नुुभएका सवैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु भने खोप लगाउनु भएका सवैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।'' 'एकैदिनमा सवैभन्दा धेरै खोप लगाएको कृतिमान अहिले भारतले बनाएको छ, कोरोनाभाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,' प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् । 

देशका प्रदेश तथा राज्यहरुमा एकैचोटी अहिले कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । त्यसैलेपनि एकैदिन यति धेरै मानिसले खोप लगाउन पाएका हुन् ।  

हरेक १८ वर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति भारतले लिएको छ । १८ बर्षमा सवैलाई खोप लगाउने अभियान आजबाट सुरु भएको हो । यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया