युरोकप २०२०: आज समूह ‘डी’ का दुई खेल हुँदै

२ बर्ष अगाडि

युरोकप २०२० मा आज (मंगलबार) समूह ‘डी’ का दुई खेल हुँदैछन् । आज इङ्ल्यान्ड र चेक रिपब्लीक  तथा स्कटल्यान्ड र  क्रोएसिया भिड्दै छन् । 

दुबै खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछन् । यी खेलबाट अन्तिम १६ मा पुग्ने थप २ टोलीका पनि टुङ्गो लाग्नेछ ।

इङ्ल्यान्ड २ खेलबाट ४ अंकसहित समूहको दोस्रो स्थानमा रहेको  छ । पहिलो खेलमा क्रोएसियालाई १–० ले हराएको इङ्ल्यान्डले दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । 

यता २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको चेक रिपब्लिक पनि इङ्ल्यान्डलाइ हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । पहिलो खेलमा स्कटल्यान्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १(१ को बराबरीमा रोकिएको थियो ।  

यस्तै समूह ‘डी’अर्को खेलमा स्कटल्यान्ड र  क्रोएसिया भिड्ने छन्। 

पहिलो खेलमा इङ्ल्यान्डसँग १–० ले पराजित भएको क्रोएसियाले दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ को बराबरी खेलको थियो । क्रोएसिया  १ अंकका साथ तेस्रो स्थानमा छ । 

यता पहिलो खेलमा चेक रिपब्लिकसँग २–० ले हारेको स्कटल्यान्डले दोस्रो खेलमा इङ्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । स्कटल्यान्ड १ अंकका साथ अन्तिम स्थानमा छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया